कारबाहीबाट रु तीन करोड ४९ लाख राजश्व संकलन



हाम्रो इकोनोमि

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले आर्थिक वर्ष २०७३-४-१ देखि २०७४-०३-३१ सम्मको एक वर्षको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी साधन चलाउने साधनलाई कारबाही गरी रु तीन करोड ४९ लाख ४९ हजार ५०० राजश्व संकलन गरेको छ ।

सो अवधिमा ५० हजार ५९९ सवारी साधन कारबाहीमा परेका थिए । सो अवधिमा भएका ९९ वटा सवारी दुर्घटनामा ५८ जना मानिसको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालकको लापरबाही, तीव्रगतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन र चौपायको कारणले बढी दुर्घटना भएका थिए । दुर्घटना गराउनेमा ट्रक ट््यांकर २०, बस १२, कार-जिप २१, ट्र्याक्टर ६, मोटरसाइकल ७१ र अन्य ४ छन् ।

सवारी साधनको स्वरुपपरिवर्तन गर्ने ४१९, प्रेसर हर्न गरी सवारी चलाउने २१० र मादक पदार्थ सेवन गरी सवारी चलाउने १,६०६ सवारी साधन पनि कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...