सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराए 



हाम्रो इकोनोमि

सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराएको तथ्यांक सार्वजनिक गरीएको छ । अध्ययन अनुसार हराएका तथा बेपत्ता भएका व्याक्तिहरुको तथ्यांक संकलन तथा सर्वेक्षणमा अनुसार पैसा कमाउन भारत जाने र गएपछि सम्पर्क बिहीन भई नर्फकिने गरेको पाईएको हो । अछामको साँफेबगर नगरपालिका डोटी जिल्लाका साविकका सानागाउँ, काडामाण्डौ, रानागाउँ, खातीबाडा, दर्गामाण्डौ र छतीवन गाविस र कञ्चनपुरको भिमदत्तनगरपालिका र बेतकोट नगरपालिकामा राष्ट्रिय बातावरण तथा समविकास समाज निड्स नेपालद्धारा सञ्चालित आप्रवासन कामदारहरु र मानव बेचविखन प्रभावित अधिकार संरक्षण तथा सम्द्र्धन र सामाजिक सेवामा पहुँच विस्तार परियोजनाको समिक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरीएको हो ।

तीन जिल्ला मध्ये अछाममा ३ महिला २७ पुरुष, डोटीमा ३ महिला ४४ पुरुष र कञ्चनपुरमा २ महिला २६ पुरुष हराएका हुन् । यो कार्यक्रम युरोपीएन युनियनको आर्थिक सहयोग र अन्र्तराष्ट्रिय रेडक्रस र रेड क्रिसियन्ट समाज आईएफआरसी को प्रविधिक सहयोगमा सञ्चालन भएको थियो । परियोजनाबाट १८ हजार ६ सय ३० जना र ३ लाख जनसंख्या लाभाम्वित भएका थिए । कार्यक्रम सञ्चालित जिल्लाका सरकारी निकायहरुले आप्रवासन तथा मानव बेचविखन रोकथामका सवालमा पनि छलफल गरिएको थियो ।

स्थानीय विकास अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतीथि प्रमुख जिल्ला अधिकारी शकर बहादुर बिष्ट रहनु भएको थियो । कार्यक्रममा प्रहरी नायव निरीक्षक निरञ्जन दत्त भट्ट, गैरसरकारी सस्था महाँसघका अध्यक्ष खडक खड्का जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन परियोजना अनुगमन मुल्यांकन अधिकृत सुनिल मिश्रले गर्नू भएको थियो । एकेन्द्र महता,

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...