दोहोरो अङ्कले बढ्यो सेयर बजार, ६९ करोडको कारोबार



साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ ।

आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २०.५८ बिन्दुले बजार बढेको छ ।

कुल १५४ कम्पनीको २० लाख १२ हजार ४१५ कित्ता शेयर रु ६९ करोड ४३ लाख ६९ हजार ४३५ मा कारोबार भएको छ । आइतबारभन्दा रु एक करोडमात्रै बढी कारोबार भएको स्टकले जनाएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ । बैंकिङ २१.८३, होटल २६.३९, विकास बैँक २९.५७, जलविद्युत् ९.१८, वित्त क्षेत्र ५.२३, बीमा ९५.३५, उत्पादन समूह २७.०४ र अन्य समूह १.१६ बिन्दुले बढेको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।