ग्लोबल आइएमई बैंकद्धारा ४ स्थानमा राजश्व संकलन सेवा सुरु



हाम्रो इकोनोमि

ग्लोबल आइएमई बैंकले ४ वटा आन्तरिक राजश्व कार्यालयबाट राजश्व संकलन सेवा सुरु गरेको छ । लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरिे राजस्व संकलन शुरुवात गरेको हो ।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल सतुङ्गल लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ११२ शाखा, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य

    ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई...