विश्वकप छनोट नेपालले सिङ्गापुरलाई हरायो



काठमाडौँ । उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ ।

सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिङ्गापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो ।

चौहत्तर रनको झिनो लक्ष्य पछ््याएको नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । सुरुवाती ब्याटसम्यान सन्दिप सुनार एक रनमा आउट भए भने आसिफ शेख चार रनमा आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन थालेको थियो ।

त्यस्तै तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याटसम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका अनिल साहले १९ ,दीपेन्द्र सिंह ऐरी दुई तथा प्रकाश केसीले छ रनमात्र जोडे । रोहितकुमार पौडेलले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए भने शाहब आलमले तीन तथा किशोर महतोले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिङ्गापुरका ब्याटसम्यान विगरु आयरले सर्वाधिक ४२ रन जोडे भने सिन अग्रवालले ११ रन जोडनुबाहेक अन्यले दोहोर अंक जोडन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन