माइक्रोफाइनान्सको मुनाफा आठ करोड



काठमाण्डौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७३.७४ मा आठ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको छ । गत आर्थिक वर्षमा फर्स्टले पाँच करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३९ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १२ करोड २५ लाख रुपैयाँ छुटाएको छ । यो अवधिमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा ३० दशमलव ३२ प्रतिशत बढी अर्थात तीन अर्ब ४० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ४२ दशमलव ३८ प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४९ दशमलव ५२ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ७९ लाख रुपैयाँ राखेको जनाएको छ ।

माइक्रोफाइनान्सको पुँजीकोषको अनुपात १५ दशमलव ५८ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न