माइक्रोफाइनान्सको मुनाफा आठ करोड



हाम्रो इकोनोमि

काठमाण्डौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७३.७४ मा आठ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको छ । गत आर्थिक वर्षमा फर्स्टले पाँच करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३९ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १२ करोड २५ लाख रुपैयाँ छुटाएको छ । यो अवधिमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा ३० दशमलव ३२ प्रतिशत बढी अर्थात तीन अर्ब ४० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ४२ दशमलव ३८ प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४९ दशमलव ५२ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ७९ लाख रुपैयाँ राखेको जनाएको छ ।

माइक्रोफाइनान्सको पुँजीकोषको अनुपात १५ दशमलव ५८ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...