स्थानीय तहमा निर्वाचित एकल महिला सम्मानित



हाम्रो इकोनोमि

काठमाडौँ । हालसम्म निर्वाचन भएका स्थानीय तहमा ६० जना एकल महिला (विधवा) जनप्रतिनिधिमा निर्वाचित भएका छन् ।

मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ती जनप्रतिनिधिलाई सम्मानित गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सो सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा ६० मध्ये ४४ जनप्रतिनिधि उपस्थिति थिए ।

सम्मानित हुनेहरुमा जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख कान्तिका सेजुवाल, काभ्रेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, बाजुराको जिल्ला समन्वय समितिका सदस्य राधिका सुनारलगायत विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य हुनुहुन्छ । प्रदेश नं २ बाहेक अन्य छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

उपराष्ट्रपति पुनले निर्वाचनका कारण व्यापक राजनीतिक जागरण सिर्जना भई महिला जनताको सेवा गर्ने ठाउँमा पुग्न सफल भएको बताउनुभयो । उहाँले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सरकार र जनप्रतिनिधि र अधिकारकर्मीको सामूहिक प्रयास जारी रहनुपर्नेमा जोड दिनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले संविधानले राज्यका हरेक निकायका ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन र नीतिहरु तर्जुमा भइरहेको बताउनुभयो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले महिला अधिकारका क्षेत्रमा सरकार सहकार्य गर्न तयार भएकाले कार्यक्रमसहित सहकार्यमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा समूहका संस्थापक अध्यक्ष लिली थापालाई भारतको ‘दयावती मोदी स्त्री शक्ति अवार्ड’ प्रदान गरिएको थियो ।

सम्मेलनमा दक्षिण एसियाका महिलाको मानवअधिकार, गरिबी निवारण, राजनीतिक सशक्तीकरण, शान्ति निर्माण र विकासका कार्यमा एकल महिलाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल हुने एकल महिला समूहका अध्यक्ष निर्मला शर्मा ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...