एएफसी च्याम्पिपयनसिप–नेपाल र उज्वेकिस्तान भिड्ने



हाम्रो इकोनोमि

काठमाडौँ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स ९युएई०सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ ।

युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको सामना गर्नेछ ।

नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिल्लो खेलमा युइर्एसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यक छ ।

जारी प्रतियोगितामा एक खेल खेलेको नेपाल अङ्कविहीन छ भने समान खेल खेलेको उज्वेकिस्तानले जित हासिल गर्दै तीन अङ्क जोडेको छ । शनिबार नै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

अङ्क तालिकामा नेपाल गोल अन्तरका आधारमा अन्तिम स्थानमा छ भने उज्वेकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी, नेपाललाई पराजित गरेका युएई तीन अङ्कका साथ शीर्षस्थानमा छ भने लेबनान तेस्रो स्थानमा छ ।

अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटबल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह चरणका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता टोली फाइनलका लागि छनोट हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...