सात दिनमा आयोग गठन गर्ने देउवाले संसद्को संख्या कति राख्ने भए?



हाम्रो इकोनोमि

सांसदको संख्या १६५ नै कायम हुने प्रतिबद्धता सहित प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने विश्वास दिलाएका छन ।निर्वाचन आयोगका प्रमुख आयुक्त, सचिव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता ब्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने बताएका छन् ।

 

आईतबार प्रधानमन्त्री देउवालाई भेट्न निर्वाचन आयोगको टोली सिंहदरबार पुगेको थियो । ‘हामीले अब बाँकी रहेका निर्वाचन समयमै सम्पन्न गर्न आयोग गठन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीज्यूले यो काम हप्ताभित्र हुन्छ भन्नुभएको छ’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘हामीले बन्न बाँकी कानुनको कुरा पनि उठाएका छौं।’आयोग पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले प्रदेशसभा र संसदीय निर्वाचनका लागि आकर्षित हुने र बन्न बाँकी कानुन बनाउन विधेयकहरु ‘फास्ट ट्रयाक’बाट अगाडि बढाइने जानकारी पनि दिए।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...