भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा, यात्रुलाई सहज



हाम्रो इकोनोमि

भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ ।

आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको हो । भक्तपुरबाट काठमाडौँ जाने आउने यात्रुलाई सहज र सर्वसुलभ सेवा दिने उद्देश्यले २० वटा नगर बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिनुभयो ।

नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुर आउने र जाने गरी सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

मिनिबस सेवा समितिले यसअघि पनि भक्तपुरबाट सूर्यविनायक, चाबहिल, नयाँबस पार्क, भक्तपुरबाट बानेश्वर हुँदै रत्नपार्क, भक्तपुरबाट सातदोबाटो हुँदै लगनखेल र जिल्लाका ग्रामीण रुटमा बस सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...