आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली



काठमाण्डौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारको परिसूचक हल्का बढेको छ । सामान्य उतारचढाव देखिएको ट्रेण्ड अन्तिम समयमा एक अंकमुनि हरियो रह्यो। ०.९ अंकले उक्लिएर नेप्से १५८३.५७ अंकमा कायम भएको छ।

यस दिन कुल १४९ कम्पनीको ६८ करोड १२ लाखको कारोबार भयो। बैंक, फाइनान्स र बिमा समूह हरियो अंकमा रहे भने अरु सबै घटेका छन्। बैंकिङ २, फाइनान्स १० र बिमा समूह १ अंकमा हरियो रहे। होटल ५, जलविद्युत ८ र अन्य समूह ५ अंकले घटे। विकास बैंक र उत्पादन समूह १ भन्दामुनि रातो अंकमा रहे।

कारोबार रकमका आधारमा सुर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको संस्थापकतर्फको २४ करोडको कारोबार भयो। दोस्रोमा रहेको फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ५३ लाखको कारोबार भयो। प्राइम लाइफ इन्स्योरेन्स र सानिमा बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।

नाफाका आधारमा कुबेर मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ता अगाडि देखिए। सो कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ। अरुण फाइनान्स, प्राइम लाइफ र पोखरा फाइनान्सको मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्यो। गुमाउनेमा रिडी र दिव्यश्वरी हाइड्रोका लगानीकर्ता अगाडि रहे। ति लगानीकर्ताको सेयर मूल्य ७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार