आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली



हाम्रो इकोनोमि

काठमाण्डौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारको परिसूचक हल्का बढेको छ । सामान्य उतारचढाव देखिएको ट्रेण्ड अन्तिम समयमा एक अंकमुनि हरियो रह्यो। ०.९ अंकले उक्लिएर नेप्से १५८३.५७ अंकमा कायम भएको छ।

यस दिन कुल १४९ कम्पनीको ६८ करोड १२ लाखको कारोबार भयो। बैंक, फाइनान्स र बिमा समूह हरियो अंकमा रहे भने अरु सबै घटेका छन्। बैंकिङ २, फाइनान्स १० र बिमा समूह १ अंकमा हरियो रहे। होटल ५, जलविद्युत ८ र अन्य समूह ५ अंकले घटे। विकास बैंक र उत्पादन समूह १ भन्दामुनि रातो अंकमा रहे।

कारोबार रकमका आधारमा सुर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको संस्थापकतर्फको २४ करोडको कारोबार भयो। दोस्रोमा रहेको फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ५३ लाखको कारोबार भयो। प्राइम लाइफ इन्स्योरेन्स र सानिमा बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।

नाफाका आधारमा कुबेर मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ता अगाडि देखिए। सो कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ। अरुण फाइनान्स, प्राइम लाइफ र पोखरा फाइनान्सको मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्यो। गुमाउनेमा रिडी र दिव्यश्वरी हाइड्रोका लगानीकर्ता अगाडि रहे। ति लगानीकर्ताको सेयर मूल्य ७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...