सरकारले राजपा र एमाले संग चिटिङ् गर्यो, संसद्को संख्या बढाउने कुरा एमालेले सुन्दै नसुन्ने



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचन अघि संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्रै संविधान संशोधनबारे सोच्न सकिन्छ, अहिले संशोधनबारे कसैलेपनि नसोचे हुन्छ।’

राजधानीमा आज आयोजित कार्यक्रममा ज्ञवालीले आफ्नो पार्टी संशोधनको बाधक नभएको समेत स्पष्ट पारे । ‘एमाले संशोधनको बाधक होईन, हामी संशोधनबारे चुनावपछि छलफल गर्न तयार छौं, उनले भने,‘हामीलाई कर्नरमा पार्न ल्याईएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ, त्यसपछि हामी फ्रेश रुपमा छलफल गर्न तयार छौं।’

सरकारले एमाले र राजपासँग एउटै विषयमा फरक–फरक कुरा गरेर चिटिङ् गरिरहेको उल्लेख गर्दै ज्ञवालीले भने,‘सत्तारुढ दलका नेताहरुले हामीसँग एउटा सहमति गर्नुहुन्छ कि अब संशोधन निर्वाचनपछिमात्रै गरौंला भन्नुहुन्छ, तर राजपाका नेताहरुसँग उहाँहरु फेरि यही संशोधन प्रस्तावमा एमाले सहमत भैसक्यो, अब पास हुन्छ भन्नुहुन्छ, उहाँहरु चिटिङ् गर्दैहुनुहुन्छ।’

उनले निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडोभन्दा चाँडो गठन गर्न समेत सरकारसँग आफूहरुले माँग गरिरहेको बताए । उनले भने,‘सांसदको संख्या बढाउने कुरा एमालेले कल्पना समेत गर्न सक्दैन्, सुन्नपनि तयार छैन्, यदि कुरा आउँछ भने ठाडै खारेज र अस्विकार गरिदिन्छौं।’

उनले अहिले संविधानले व्यवस्था गरे अनुसार तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नतिर लाग्नुपर्नेमा जोड दिए । ज्ञवालीले सांसदको संख्या बढाउने मुर्खतापूर्ण प्रस्ताव अघि नबढाउन चेतावनी दिए ।
ज्ञवालीले छुटेकाहरुको लागि भोलिबाट सुरु हुने मतदाता नामावली संकलनको लागि सदरमुकाम जानुपर्ने कुरा अत्यन्तै अव्यवहारिक रहेको गुनासो पोखे ।

प्रतिक्रिया दिनुहोस
एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...

निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...