एएफसी च्याम्पियनसिप छनौट: आज युएई र नेपाल भिड्दै



हाम्रो इकोनोमि

काठमाडौं । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ । खेल युएइमा बेलुका सवा ८ बजेपछि सुरु हुनेछ । समूहका सबै टिम बलिया रहेपनि नेपाल समूह विजेता बन्दै च्याम्पियनसिपमा छनोट हुने लक्ष्य राखेको नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बताएका छन् । मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएर युएइ पुगेको नेपाली टीम प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलीलाई हराउन तयार रहेको प्रशिक्षक शाक्यको भनाई छ ।

तर उसकै घरेलु मैदानमा बलियो मानिएको युएईसँग खेलन नेपाललाई त्यति सहज भने हुने छैन । युएईसँग नेपाल ३३ वर्षपछि खेल्दैछ । सन् १९८४ मा एशियन कप छनोटमा एक पटक युएई र नेपाल आमनेसामने भएका थिए । त्यसबेला नेपाल युएईसँग ११–० गोलले अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको समूह डिमा रहेको नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनलको लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...