एएफसी च्याम्पियनसिप छनौट: आज युएई र नेपाल भिड्दै



काठमाडौं । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ । खेल युएइमा बेलुका सवा ८ बजेपछि सुरु हुनेछ । समूहका सबै टिम बलिया रहेपनि नेपाल समूह विजेता बन्दै च्याम्पियनसिपमा छनोट हुने लक्ष्य राखेको नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बताएका छन् । मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएर युएइ पुगेको नेपाली टीम प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलीलाई हराउन तयार रहेको प्रशिक्षक शाक्यको भनाई छ ।

तर उसकै घरेलु मैदानमा बलियो मानिएको युएईसँग खेलन नेपाललाई त्यति सहज भने हुने छैन । युएईसँग नेपाल ३३ वर्षपछि खेल्दैछ । सन् १९८४ मा एशियन कप छनोटमा एक पटक युएई र नेपाल आमनेसामने भएका थिए । त्यसबेला नेपाल युएईसँग ११–० गोलले अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको समूह डिमा रहेको नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनलको लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका