सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि



हाम्रो इकोनोमि

काठमाडौँ । सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडाँै र पोखरा उपत्यकामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६८५ जनामा नमूना सर्वेक्षण गरिएकोे केन्द्र जनाएको छ ।

तीमध्ये काठमाण्डौँ उपत्यकामा सन् २०१७ मा सूईद्वारा लागुऔषध प्रयोग गर्ने पुरुषमा एचआइभीको व्यापकता दर ८ दशमलव ५ प्रतिशत रहेको छ । सन् २०१५ मा भने सो दर ६ दशमलव ४ प्रतिशत रहेको थियो ।

यसैगरी पोखरा उपत्यकाभित्र सन् २०१५ मा २ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१७ मा त्यसमा बृद्धि सन् ४ दशमलव ९ प्रतिशत देखिएको केन्द्रका निर्देशक डा तरुण पौडेलले जानकारी दिनुभयो ।

सेभ ‘द’ चिल्ड्रेनको आर्थिक एवम् प्राविधिक सहयोगमा केन्द्रले गरिएको उक्त सर्वेक्षणमा ती क्षेत्रका ७४० पुरुष समलिङ्गी र तेस्रोलिङ्गीमा सुईद्वारा लागुऔषध लिनेको संख्यामा समेत वृद्धि भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...