१० हजार क्षमताको कारागारमा २० हजार



हाम्रो इकोनोमि

तुलसीपुर । यहाँ केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको आज उद्घाटन गरिएको छ ।

सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्यले कारागारलाई अब सुधारगृहका रुपमा परिणत गर्न लागिरहेको बताउनुभयो । कारागार विभागका महानिर्देशक गणेशप्रसाद भट्टराईले हाल नेपालमा २० हजार कैदीबन्दी रहेको र कारागारको क्षमता १० हजार मात्र रहेको जानकारी दिँदै कारागारलाई सुधार गर्न थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि बजेट व्यवस्थापन भइरहेको बताउनुभयो ।

आजदेखि नै नयाँ बन्दीगृहमा पुरुष कैदीबन्दीलाई सारिएको छ । महिला बन्दी तथा कैदी भने पुरानै कारागार भवनमा बस्दै आएका छन् । रु पाँच करोड ९६ लाखको लागतमा सो बन्दीगृह निर्माण गरिएको हो । हाल तुलसीपुर कारागारमा १७० पुरुष र दुई नाबालिकासहित १९४ कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...