‘नेपाल पदयात्राका लागि स्वर्ग’



हाम्रो इकोनोमि

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटर्सेनले आज बिदाइ भेट गर्नुभएको छ ।

आफ्नो चारवर्षीय कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नुभएका नर्वेका राजदूत पिटर्सेनसँगको भेटमा उपराष्ट्रपति पुनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा नर्वेको ठूलो सहयोग रहेको बताउनुभयो । उहाँले राजदूत पिटर्सेनको कार्यकालमा नेपाल–नर्वे सम्बन्ध थप सुदृढ भएको बताउनुुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

भेटमा उपराष्ट्रपतिले स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचनपछि नेपालले पूर्ण राजनीतिक स्थायित्व हासिल गर्ने बताउनुभयो । उहाँले सबै चरणको निर्वाचनपछि नेपाल समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

उपराष्ट्रपतिसँगको बिदाइ भेटमा नर्वेका राजदूतले नेपालले हासिल गरेको राजनीतिक स्थायित्वको प्रशंसा गर्दै नेपाल पदयात्राका लागि स्वर्ग भएको आफूले अनुभूति गरेको बताउनुभयो ।

नेपाल शान्ति प्रक्रियाका लागि विश्वकै नयाँ उदाहरण भएको उल्लेख गर्दै उहाँले नेपालले नोबल शान्ति पुरस्कार पाउनुपर्ने बताउनुभयो । उपराष्ट्रपतिले नेपाली ढाका टोपी लगाई दिएर नर्वेका राजदूतलाई बिदाइ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...