बाढीबाट १७ लाख ५० हजार जना प्रभावित



हाम्रो इकोनोमि

भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीको कारण १७ लाख ५० हजार व्यक्ति प्रभावित भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

सो राज्यमा अवस्थित ३३ वटा जिल्लामध्ये २६ जिल्लामा हाल बाढीको प्रकोप जारी नै छ । यसबाट प्रभावित भएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सो राज्यका २९ हजार व्यक्ति १२३ वटा शिविरमा बसोवास गर्दै आएका छन् । यस बाढीका कारण ५२ व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यसैगरी प्रकोपको कारण ३२ वटा बन्यजन्तु समेत मरेका सरकारद्वारा सञ्चालित रेडियो सेवा अल इन्डिया रेडियो ९एआइआर०लाई उद्धृतगर्दै सरकारी अधिकारीले जानकारी दिएका छन् ।

आवासीय इलाकाबाहेकका राष्ट्रिय पार्क र बन्यजन्तुको आश्रयस्थलसमेतका स्थानमा पनि सो बाढीको पानीले गलमग्न भएको समाचारमा जनाइएको छन् ।

थप प्रहरी बलको सहयोगबाट प्रभावित इलाकामा ९० चौपायाको भने उद्धार गरिएको छ । आसाममा मनसुनी वर्षाको समयमा वर्षेनी बाढीबाट प्रभावित हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...