सन्दीपको कप्तानीमा यु–१९ टोली



हाम्रो इकोनोमि

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा आइसिसी विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय यु–१९ नेपाली युवा टोली छनोट गरिएको छ। सिंगापुरमा हुने छनोट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरी, मोहम्मद आसिफ सेख, सन्दीप सुनार, प्रकाश केसी, अनिलकुमार साह, पवन सराफ, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, प्रनित थापामगर, अदिल खान, किशोर महतो, रिजन ढकाल, साहब आलमले युवा टोलीमा स्थान बनाएका छन्।

छनोट प्रतियोगिताका लागि नेपाली टोली शनिबार सिंगापुर जाने योजनामा रहेको छ। नेपालले राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा विश्वकप छनोट प्रतियोगिता खेल्नेछ।

बिहीबार दाससहितको आइसिसी टिमले नेपाली युवा टोली छनोट गरेको हो। आइसिसीको एसिया विकास प्रमुख वैंकटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, यु–१९ प्रशिक्षक दाससहितको टोलीले नेपालको युवा टोली छनोट गरेको हो। युवा टोलीको वैकल्पिक खेलाडीको रूपमा सन्दीप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुशान्त सिंह थापाको नाम घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...