परनिर्भरता बढ्दो, आयात झण्डै दोब्बरले बढ्यो



हाम्रो इकोनोमि

पथरी (मोरङ) । निर्यातजन्य वस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा परनिर्भरता बढेको छ । पछिल्ला तीन वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात झण्डै दोब्बरले बढेको छ ।

नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चा पदार्थको तुलना खाद्यान्न र लत्ताकपडा आयात बढी भएको छ । विराटनगरस्थित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख कृष्ण रेग्मीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा रु ६८ अर्ब ८३ करोड ६८ लाख एक हजार ८१३ बराबरका दुई हजार ९८८ प्रकारका वस्तु आयात भएका छन् । सोही अवधिमा रु १२ अर्ब ८० करोड ४५ लाख ६ हजार ६९५ बराबरको सामान निर्यात भएको छ ।

आयातको तुलनामा निर्यात झण्डै साढे ५ गुणाले कमी हो । गत आव २०७२–७३ मा रु २६ अर्ब ६७ करोड ५७ लाख ६८ हजार ८७३ का वस्तु तथा सामग्री निर्यात भएको थियो भने गत वर्ष रु एक खर्ब ४९ अर्ब दुई करोड ८३ लाख ५७ हजार ७९ को आयात भएको थियो ।

नेपालबाट औसतमा ३३१ प्रकार सामग्री निर्यात हुने गरेका छन् भने आयात हुने बस्तुको संख्या तीन हजार ६०७ प्रकारका छन् ।

आर्थिक वर्ष ७०–७१ मा नेपालबाट रु ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९५७ का वस्तु तथा सामग्री निर्यात भएका थिए । तर २०७१–७२ मा निर्यात रु चार अर्ब घट्न गएको छ ।

यस्तै गत आवमा रु सात अर्ब निर्यात घटेको छ । लगातार निर्यात ओरालो लाग्दा आयातको मात्रा दोब्बरले बढेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार चालु आवको ६ महिनाकै तुलनामा आयात भए चालु आवमा यस वर्ष रु एक खर्बको ३७ अर्ब ६७ करोडको आयात हुनेछ । गत आवको तुलनामा झण्डै १२ अर्बले आयात घटी हुने देखिए पनि यो विद्युत्भार कटौती कम भएका कारण इन्धनको माग घट्दा आयात घटेको देखिएको हो ।

त्यस्तै तीन वर्षयता मासुजन्य उत्पादन पनि नेपालमा बढेको देखिएको छ । आव २०७१–७२ मा पूर्वाञ्चलमा ३८ हजार ६७० वटा खसी, बाख्रा भेडा आयात भएकोमा २०७२–७३ मा ३१ हजार ३९५ वटा मात्र खसी बाख्रा र भेडा आयात भएका छन् ।

आव २०७२–७३ मा खसी, बाख्रा र भेडाको आयात ११ हजार ७३८ मा कम भएको छ भने चालु आवको ६ महिनामा १२ हजार ६३८ वटा मात्र खसी बाख्रा आयात भएका छन् । भेडाको आयात चालु आवमा शून्यमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...