कोरिया एकता समाजद्वारा रु १२ लाख सहयोग प्रदान



हाम्रो इकोनोमि

विराटनगर । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ ।

दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो ।
समाजले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्व पौडेलकी छ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि रु ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो ।

उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बँैक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

सचिव साङहाम्फेले आगामी दिन थप सहयोग उपलब्ध गराउने आश्वासन समेत दिनुभयो ।
स्व पौडेलकी श्रीमती पौडेलले समाजद्वारा प्राप्त सहयोगबाट छोरीको अध्ययनका लागि ठूलो राहात मिलेको बताउनुभयो ।

एकवर्ष अगाडि स्थापना भएको उक्त समाजले यसअघि धुर्मुस सुन्तली फाउन्डेसन र महावीर पुनको विज्ञान केन्द्रलाई पनि सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा बताइयो ।

डेउ कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...