नेपालगञ्ज नपाको आठबुँदे प्रतिबद्धता



हाम्रो इकोनोमि

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरको समग्र विकास तथा सुशासनयुक्त शासन व्यवस्थाका लागि विभिन्न आठबुँदे प्रतिबद्धता विहिबार सार्वजनिक गरेको छ ।

नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा धवलशम्शेर राणाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धतामा सडकमा मासु पोलेर दुर्गन्धित गर्ने कार्यलाई तत्काल रोक्ने, फोहोर व्यवस्थापनका लागि नगरमा दुई हजार डस्टबिन तत्काल वितरण गर्ने र नेपालगञ्जको फुलटेक्रादेखि पुरैनीसम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसमा निर्माणाधीन डिग्री ब्लक र छात्रावास निर्माण कार्य पूरा गर्ने, नेपालगञ्जमा रहेका अव्यवस्थित पशु बधशाला व्यवस्थित गर्ने, उपमहानगरलाई सरसफाइयुक्त बनाउन आधुनिक घुम्ती शौचालयको व्यवस्थाका लागि सार्वजनिक शौचालयको व्यवस्था गर्ने र सुझाव पेटिका व्यवस्थित गरी हरेक हप्ता सुझाव पेटिकामा प्राप्त सुझावका आधारमा गुनासो सुनुवाइ गर्ने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसैबीच, नगर प्रमुख राणाले नगरको पुरानो बजार त्रिभुवन चोक क्षेत्रको सडक विस्तार योजना तीन महिनाभित्र सञ्चालन गर्ने बताउनुभएको छ । सो योजना सञ्चालनका लागि नागरिकले आप्mनो घर संरचना त्यस अवधिमा नभत्काए डोजर लगाएर भत्काउने चेतावनीसमेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...