प्रदेश नम्बर २ को निर्वाचन तयारी सुरु



हाम्रो इकोनोमि

काठमाडौँ । आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरेको छ । निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्लामा पठाईसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदानका क्रममा आवश्यक कर्मचारी नियुक्त गर्ने र निर्वाचन कार्यक्रमबारे तयारी थालेको आयोगले जनाएको छ ।

जिल्लामा पहिले नै मतपत्र पठाइसकेकाले आयोगले नयाँ निर्णय नगरेसम्म मतपत्रमा नयाँ निर्वाचन चिह्न नथपिने आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार २ असोजको निर्वाचनका लागि नयाँ मतपत्र छापिनेछैन । राजपा दल दर्ता प्रक्रियामा रहेकाले आयोगले नयाँ निर्णय नगरेको हो । राजपाले माग गरेअनुसार छाता चिह्न दिने हो भने मतपत्र पुनः छाप्नुपर्ने हुन्छ । तर, आयोगले अहिलेसम्म यो निर्णय गरिसकेको छैन । तत्काल उक्त चिह्न दिन नसकिने आयोगले बताइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...