मुसालाई सरकारकै चासो,कसले बोक्यो कमल थापालाई च्याप्ने सनासो ?



आफ्नै पार्टीको सरकार गिराउने खेलमा लागेपछी तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले मुसाको बिल्ला भिराईदिएका कमल थापा अन्तत निरिह र लाचार बन्ने चरणमा छन् । अहिले उनलाई उनकै अति बिश्वशिलाले डण्डा बर्साउन थालेका छन्। यसअघी नपाएको अपमान र घृणा उनले पार्टी भित्र र बाहिर बाट खेप्नु परेको छ ।

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुटको संघारको सम्मुख रहेको छ ।
सरकारले यही असारभित्रै संशोधन प्रस्ताव पारित गराउने तयारी गरिरहेको बेला प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाभित्र अर्को पक्षले छुट्टै भेला र गोप्य बैठक गरिरहेको स्रोतको दाबी छ । तर संबिधान संसोधनको चक्कर पास नहुने र त्यसको राप र तापले राप्रपा मात्र फुटाउने योजना चलखेलकारी हरुको छ।

कमल थापालाई सरकारमा जान रोक्ने गोर्खे लौरी दिपक बोहराले बोकेका छन् ।चतुर बोहोराले थापालाई दलको नेता बाट समेत हटाउने तयारी गरेका छन् र उनलाई प्रकाश चन्द्र लोहनिने सहायता गरिरहेका छन्। थापाको तेज सक्न पूर्वराजा पनि लागिरहेका छन्। त्यतिमात्रै होईन, बोहरा समूहले अध्यक्ष थापालाई पार्टीको संसदीय दलको नेताबाटै नै हटाउने तयारी गरिरहेको छ । सोही अनुरुप अहिले बोहरा समूहको बैठक विभिन्न गोप्य ठाउँमा भैरहेको छ । बोहरालाई पार्टीका शीर्ष नेता पशुपतिशमशेर जबराको समेत साथ र सहयोग रहेको छ । राणाले पनि कमल थापाको हैकम परास्त गर्ने पर्छ भनेर सहयोग गरिरहेको बुझिएको छ। विक्रम पाण्डे, सुनिल थापा रामकुमार सुब्बा हरु थापालाई सिध्याउन अनेक तुरुप फ्याक्ने जुक्ती निकालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम