सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने



हाम्रो इकोनोमि

भक्तपुर । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले यहाँ आज आयोजना गरेको ‘खोजपत्रकारिता तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सूचना विभाग नै सूचना बैंकका रुपमा स्थापित भएपछि आम सञ्चारकर्मीलाई सहज हुने धारणा व्यक्त गर्नुभयो ।

महानिर्देशक राईले अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमूलक हुनुपर्नेमा जोड दिँदै पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प नरहेको बताउनुभयो ।

उहाँले खोज पत्रकारिताको विकाससँगै पत्रकारको सुरक्षा चुनौती पनि उत्तिकै रहेको छ भन्नुभयो ।

सो अवसरमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं स्थानीय विज्ञ रामप्रसाद आचार्यले जिल्लामा रहेका विषयगत कार्यालय साउन १ गतेबाट कसरी सञ्चालनमा आउने भन्नेबारे अहिले पनि अन्योलता रहेको बताउनुभयो ।

महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झालगायतले पत्रकारितामा रहेको अवसर र चुनौती रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...