बमलाई खेलौना ठान्दा चार बालबालिकाको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । प्रहरी प्रवक्ताले उक्त जानकारी दिनुभएको छ ।

विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो ।

यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...