बमलाई खेलौना ठान्दा चार बालबालिकाको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । प्रहरी प्रवक्ताले उक्त जानकारी दिनुभएको छ ।

विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो ।

यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...