संविधान संशोधन नहुने पक्का पक्की भएपछी राप्रपाले पक्षमा भोट हाल्ने,पेलेरै भए पनि सरकारमा जाने?



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने जानकारी दिए ।
बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने,‘सरकारमा सहभागी हुने निश्चित भैसकेको छ, छिट्टै सरकारमा सहभागी हुन्छ।’ उनले भने,‘सरकारमा जानेबारे सहमति भैसकेको छ, अब कसैलेपनि रोक्न सक्दैन्।’ जबराले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत जानकारी दिए ।

जबराले पार्टीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मत हाल्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ, मधेशको समस्या हल गरेर जानुपर्छ, अहिले सदनमा रहेको संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको छ।’
उनले पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मत हाल्ने बताए । उनले थपे,‘सांसद गायब छैनन्, हामी सबै सांसदहरुलाई कन्भिन्स गर्छौं, उहाँहरुले प्रस्तावको पक्षमा नै मत हाल्नुहुन्छ।।’ तर संविधान संशोधन प्रस्ताब सरकारले अगाडी नबढाउने र राप्रपालाई तत्काल सरकारमा नलैजाने बिषयमा सत्ताधारी बीच सहमति भइसकेको छ।यता राणा भने जसरि पनि सरकारमा जाने बताईरहेका छन्।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...