आर्थिक बर्षको अन्तिम दिन ४.८९ अंकले घट्यो नेप्से



काठमाण्डौं । चालु आर्थिक वर्षको अन्तिम कारोबारको दिन सेयर बजारमा ४ दशमलव ८९ अंकले नेप्से ओर्लिएर १५८२ अंकमा झरेको बन्द भएको छ।

१५० कम्पनीको ७४ करोड ६४ लाखको सेयर कारोबार भएको छ। यसअघि अघिल्लो दिन ६४ करोड रुपैयाँको कारोबार भएको थियो। अन्यबाहेक सबै समूह यस दिन घटेका छन्। नेपाल टेलिकमको मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेपछि समग्र समूह प्रभावित भएको हो।

बिमा ५३, उत्पादन ३४, होटल ३४, विकास बैंक ५, जलविद्युत ६ र फाइनान्स समूह ७ अंकले घटे।फरवार्ड माइक्रोफाइनान्सको यस दिन सबैभन्दा धेरै १२ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भयो।त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५७ लाखको कारोबार भयो। एनसीसी र स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि देखिए। कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरे ९.६ प्रतिशत मूल्य कमाए।

कम्पनीको मूल्य जम्मा प्रतिकित्ता १३७ रुपैयाँ रहेको छ। ग्लोबल आइएमई समुन्नत, दिव्यश्वरी हाइड्रोपावर र नेसनल माइक्रोफाइनान्सको मूल्य पनि ९ प्रतिशतले बढेको छ।

मिथिला लघुवित्त र अरुण फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत बढी मूल्य गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले