आर्थिक बर्षको अन्तिम दिन ४.८९ अंकले घट्यो नेप्से



हाम्रो इकोनोमि

काठमाण्डौं । चालु आर्थिक वर्षको अन्तिम कारोबारको दिन सेयर बजारमा ४ दशमलव ८९ अंकले नेप्से ओर्लिएर १५८२ अंकमा झरेको बन्द भएको छ।

१५० कम्पनीको ७४ करोड ६४ लाखको सेयर कारोबार भएको छ। यसअघि अघिल्लो दिन ६४ करोड रुपैयाँको कारोबार भएको थियो। अन्यबाहेक सबै समूह यस दिन घटेका छन्। नेपाल टेलिकमको मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेपछि समग्र समूह प्रभावित भएको हो।

बिमा ५३, उत्पादन ३४, होटल ३४, विकास बैंक ५, जलविद्युत ६ र फाइनान्स समूह ७ अंकले घटे।फरवार्ड माइक्रोफाइनान्सको यस दिन सबैभन्दा धेरै १२ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भयो।त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५७ लाखको कारोबार भयो। एनसीसी र स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि देखिए। कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरे ९.६ प्रतिशत मूल्य कमाए।

कम्पनीको मूल्य जम्मा प्रतिकित्ता १३७ रुपैयाँ रहेको छ। ग्लोबल आइएमई समुन्नत, दिव्यश्वरी हाइड्रोपावर र नेसनल माइक्रोफाइनान्सको मूल्य पनि ९ प्रतिशतले बढेको छ।

मिथिला लघुवित्त र अरुण फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत बढी मूल्य गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...