पोखरा–लेखनाथको बजेट चार अर्ब



हाम्रो इकोनोमि

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४–७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।

कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट रु एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट रु दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आजको नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै महानगरका सबै टोलका सडकमा सोलार बत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो शहर’ अभियानलाई सफल पार्ने बताउनुभयो । बर्सेनि विश्व ज्येष्ठ नागरिक दिवसका दिन महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई महानगर माता र महानगर पिताका रुपमा सम्मान गरिने बताउनुभयो ।

महानगरभित्रका ग्रामीण बस्तीमा ‘एक घर एक धारा’को व्यवस्था गर्नुका साथै व्यस्त क्षेत्र तथा सार्वजनिकस्थलमा धाराबाट सोझै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न पहल गरिने जिसीले बताउनुभयो ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...