ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंक लिमिटेड बिच एकिकृत कारोबार सुरु



हाम्रो इकोनोमि

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई मिति २०७४÷०३÷२५ गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ ।

माननिय अर्थमन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की ज्यूले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गर्नुभयो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको र उक्त बैंकको रु.८ अर्व निक्षेप, रु.७ अर्व कर्जा तथा रु.१ अर्व १ करोड चुक्ता पूँजी रहेको थियो । ग्लोवल आई एम ई बैंक लि नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ती नितिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैक तथा वित्तिय संस्थाहरुलाई सपmलता पुर्बक मर्जर र प्राप्ती गरी पूँजीको हिसाबले निजी क्षेत्रको दोस्रो ठुलो बैंक बनेको छ । यस प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ भने रु. कुल निक्षेप ९७.७० अर्व, कर्जा लगानी रु. ८२ अर्व, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुगेको छ ।

बि.स. २०६३ पौष १८ गते “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दश बर्षको अवधिमा निजि क्षेत्रका वाणिज्य बैंकहरुको बिचमा अलग्गै पहिचान बनाउन सफल भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता व्यक्त गरेको छ । ग्लोबल आईएमई बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ती गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...