राजदूतबाट खेलकुद सामग्री वितरण



काठमाडौँ । नेपालका लागि जापानी राजदूत माससी ओगावाले रु २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई हस्ताणतरण गर्नुभयो ।

स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूतावासमा एक कार्यक्रममा हस्ताणतरण गर्नुभयो ।
खेलकुद सामग्री हस्ताणतरण समारोहमा बोल्दै राजदूत माससीले नेपालमा स्की खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताउनुभयो ।
नेपालमा स्की खेल सन् २००७ बाट सुरु भएको हो । स्की हिउँमा खेल्ने चिप्लेटी खेल हो । यो खेल जापानमा लोकप्रिय छ । नेपालमा हिउँ पर्दा मनाङ र मुस्ताङमा यो खेल खेल्न सकिन्छ ।
‘भोलिका लागि खेल ’ भन्ने अभियानलाई सफल पार्न जापानले विश्वमा झण्डै १०० देशमा विभिन्न खेलसँग सम्बन्धी सामग्री वितरण गर्ने नीति अघि सारेको दूतावासले जानकारी दिएको छ ।
स्की अन्तरराष्ट्रिय खेल हो । विशेष गरी जापान र उत्तर अमेरिकामा यस खेलको महत्व बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ