नेप्से २ अंकले वृद्धि, ६४ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

काठमाण्डौं । बुधबार नेप्से परिसूचक २.५५ अंकको बढोत्तरि रहित १५८७. ५६ अंकमा पुगेको  छ। सेयर बजारमा  ६४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। अघिल्लो दिन ९९ करोडको कारोबार भएकोमा यस दिन कारोबार रकम खस्किएको  हो।कारोबार खस्किए पनि परिसूचक नेप्से २ दशमलव ५५ अंकले बढेको छ। बजारको पुँजीकरण १८ खर्ब ६२ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ ३, विकास बैंक ७ र बिमा २७ अंकले उक्लिए। होटल ९, जलविद्युत ६, फाइनान्स १३ र अन्य समूह ०। ५ अंकले घटेका छन्।
कारोबारका आधारमा सोल्टी होटल अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ६३ लाखको सेयर किनबेच भयो।

मुक्तिनाथ विकास बैंकको संस्थापक, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक कारोबार रकमका आधारमा अगाडि देखिए। फरवार्ड माइक्रोफाइनान्स, अरुण फाइनान्स, कर्णाली विकास बैंक र कुबेर मर्चेन्ट बैंकिङको मूल्य साढे ९ प्रतिशत बढीले बढेको छ।

सिनर्जी फाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत मूल्य गुमाए।

डिप्रोक्स र भार्गव विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ। नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...