नेप्से २ अंकले वृद्धि, ६४ करोडको सेयर कारोवार



काठमाण्डौं । बुधबार नेप्से परिसूचक २.५५ अंकको बढोत्तरि रहित १५८७. ५६ अंकमा पुगेको  छ। सेयर बजारमा  ६४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। अघिल्लो दिन ९९ करोडको कारोबार भएकोमा यस दिन कारोबार रकम खस्किएको  हो।कारोबार खस्किए पनि परिसूचक नेप्से २ दशमलव ५५ अंकले बढेको छ। बजारको पुँजीकरण १८ खर्ब ६२ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ ३, विकास बैंक ७ र बिमा २७ अंकले उक्लिए। होटल ९, जलविद्युत ६, फाइनान्स १३ र अन्य समूह ०। ५ अंकले घटेका छन्।
कारोबारका आधारमा सोल्टी होटल अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ६३ लाखको सेयर किनबेच भयो।

मुक्तिनाथ विकास बैंकको संस्थापक, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक कारोबार रकमका आधारमा अगाडि देखिए। फरवार्ड माइक्रोफाइनान्स, अरुण फाइनान्स, कर्णाली विकास बैंक र कुबेर मर्चेन्ट बैंकिङको मूल्य साढे ९ प्रतिशत बढीले बढेको छ।

सिनर्जी फाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत मूल्य गुमाए।

डिप्रोक्स र भार्गव विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ। नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न