सबै बिधामा भिजेका झलक
काठमाण्डौं । लामो समयदेखी नेपाली सांगीतिक क्षेत्रमा टिकीराख्न सफल झलक बिबस चर्चित गायक र संगीतकारका रुपमा परिचित छन् । काठमाण्डौंको चपलिहाईटमा जन्मिएका उनले चार ओटा एल्बम सार्वजनिक गरिसकेका छन् ।
तिम्रो सम्झनामा, झकास, जुन तारा, सान्नानी पर्ख जस्ता चर्चित एल्बम निकाल्न सफल भैसकेका छन् । दुई जर्दन भन्दा बढी गीत लेखन, ५ दर्जन भन्दा बढी भिडियो डाइरेक्टर, दर्जनौ भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेका उनी सांगीतिक क्षेत्रबाट नै आफ्नो जिबन अगाडी बढाउँदै छन् ।
सक्दिन म, आयो–आयो या तिम्रो आयो, मत पागल भएँ, झुमझम जस्ता चर्चित गीत उनी आफैंले लेखेका हुन् । पानि प¥यो रिमझिम, गोली हान्यो, मत धेरै बेहोसीमा रमाएँ, आउ प्रिय जस्ता गीतमा संगीत दिएका छन् । उनले दर्जनौं भन्दा बढी म्यूजिक भिडियो डाइरेक्सन पनि गरिसकेका छन् । जस्ले मेरो मन दुखाएर गयो, न तिम्रो, झुमझुम, सक्दिन म उनले डाइरेक्सन गरेको सबैभन्दा बढी चलेको म्युजिक भिडियो हो ।
सुन्दर स्वरका धनी बिबस ६–७ कक्षा पढ्दा देखि नै गित गाउन र नाटक गर्न खुब मन पराउँथे । उनी चाडपर्वको बेलामा गाउँमा कार्यक्रम हुँदा आफैंले नाटक लेखेर नाटकमा अभिनय गरेर सबैलाई आफुतिरै आकर्षित गर्दै अगाडी बढेका हुन् । मदन दास श्रेष्ठसंग मिलेर रेडियो नेपालबाट ५–६ वटा नाटक पनि सार्वजनिक गरेका छन् ।
अडियो भिडियो सबै आफैंले गरेका उनी पुरानोलाई भन्दा नयाँलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच राख्छन् । आफ्नै कुल इन्टरटेनमेन्ट युवटुब च्यानल पनि खोलिसकेका उनी स्टेज कार्यक्रममा पनि उत्तिकै हिंड्छन् । नारायणगोपाल र उदीत नारायण झाको गीतबाट प्रेरित भएका उनी घर परिवारबाट पनि सांगीतिक क्षेत्रमा लाग्नको लागि सक्दो साथ भएको बताउँछन् ।
रमिला खतिवडा