एक हजार १७८ जनाको जमानत जफत



हाम्रो इकोनोमि

भद्रपुर । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दश प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो ।

सो निर्वाचनमा जिल्लाका कुल पाँच लाख १० हजार २१६ मतदातामा तीन लाख ७२ हजार ८४० जना ९७३ प्रतिशत०ले मतदान गरेका थिए ।

जमानत जफत हुनेमा मेचीनगर नगरपालिकामा १५४, अजुर्नधारा नगरपालिकामा १३६, शिवसत्ताक्षी नगरपालिकामा १२८, भद्रपुर नगरपालिकामा १०४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा ८०, गौरादह नगरपालिकामा ७३, बिर्तमोड नगरपालिकामा ७८, कचनकवल गाउँपालिकामा ५७, गौरिगञ्ज गाउँपालिकामा ४६, झापा गाउँपालिकामा ३७, बाह्रदशी गाउँपालिकामा ६१, कमल गाउँपालिकामा ७१, वुद्धशान्ति गाउँपालिकामा ५४ र हल्दिवारी गाउँपालिकामा २३ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयका प्रेमप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...