संसदमा यिनैको राप,स्थानीय तहमा भए सबै पत्तासाफ
स्थानीय तहको चुनाबमा संसदमा प्रतिनिधीत्व गरिरहेका आधा दर्जन बढी साना दलहरुको हैसियत समाप्त भएको छ। चुनावले संसदमा रहेका धेरै दलहरुलाई अस्थित्वविहीन बनाइदिएको छ । साम्सद जित्न सक्ने तर स्थानीय तहको चुनाबमा वडा सदस्य जित्न नसकेर उनीहरु नाङ्गिएका छन् । चर्चित बामपन्थी नेता सिपी मैनालीको नेकपा माले सहितका दलहरु स्थानीय चुनाबमा सहिद भएका छन्। संसदमा मालेका ५ साम्सद छन्।
चित्र बहादुर केसीको राजमो र मजदुर किसान पार्टीले बाहेक अरु साना दलले कतै पनि जित्न सकेनन।
त्यस्तै थरुहट तराई पार्टी, जनमुक्ति पार्टी, परिवार दल, नेपा राष्ट्रिय पार्टी, अखण्ड नेपाल पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टी, बहुजनशक्ति पार्टी जस्ता एक वा दुई सिटे सांसदवाला पार्टीले कुनै पनि आफ्नो अस्थित्व जोगाउन सकेनन् ।
सदावहार मन्त्री बन्ने प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी, हरिचरण साहको जनता पार्टी, आरके खम्बुको खम्बुवान दल र एकनाथ ढकालको पार्टीले पनि कुनै वडा सदस्य समेत जितेनन् । उता १ सिटे लोक मणी ढकालको पार्टीले पनि कहिँ कतै जित्न सकेन।
संसदमा प्रतिनिधित्व गर्ने करीव दुई तिहाई राजनीतिक दल स्थानीय तहमा पत्तासाफ भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने यी अधिकांश दलले वडा तहमा समेत चुनाव जित्न सकेनन् । धेरैजसोले उम्मेदवार समेत पाएनन् ।
संविधानस संशोधनको बेला मन्त्री पदको पत्ता चलाएर सत्तापक्षलाई गणितमा सास्ती दिइरहेका एक सिटे र दुई सिटे साना दलको पत्ता स्थानीय तहमा भने कतै चलेन । सर्मनाक पराजयको भागिदार मात्र बन्नु पर्यो ।
संसदमा प्रतिनिधित्व गर्नेमात्रै होइन पछि जन्मिएका विवेकशील नेपाली र साझा पार्टीले समेत दोस्रो चरणको चुनावसम्म आइपुग्दा परिवार दलको जतिको पनि हैसियत बनाउन सकेनन् । बाबुराम भट्टराईको नयाँशक्ति पार्टीको स्थिति विवेकशील र साझा पार्टीको भन्दा केही राम्रो देखिए पनि चुनावमा उसको हालचत पनि निराशाजनक देखिएको छ । यतिबेला यी दलका नेताहरु तनावमा छन् । स्थानीय तहको चुनाबले सबैको हैसियत सतहमा ल्याए पछी फुर्ती गर्ने खुम्चिएका छन् ।