मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु



हाम्रो इकोनोमि

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनडाँडामा मंगलबार साँझ दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो ।

हार्थोक प्रहरी चौकीका अनुसार तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि एकसय मिटर तल खसेको छ । ओलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने घटना बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...