बढुवामा पर्न पुलिसको लिगलिगे रेस,यो सब हेर्दै गृहमंत्री किन गए विदेश?



हाम्रो इकोनोमि

गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मी श्रीलंका जाने भएपछि नेपाल प्रहरीमा एआईजी र डीआईजी बढुवाको समय लम्बिएको छ ।
सार्कको आठौं गृहमन्त्रीस्तरीय सम्मेलनमा भाग लिन श्रीलंकाको कोलम्बोमा गृहमन्त्री र गृहसचिव जान लागेको गृह स्रोतले जनाएको छ । मन्त्री शर्मा थाई एयरवेजको नियमित उडानबाट मंगलबार अपराह्न १ः२० बजे ३ दिने सम्मेलनका लागि श्रीलंका उडेका छन् ।

प्रहरी नियमावलीअनुसार साउन ७ गतेभित्र नै बढुवा गर्नुपर्ने कानुनी प्रावधान छ । एसएसपी तथा डीआईजीहरुको सो अवधिभित्र बढुवा नभएमा आगामी असोज मसान्तसम्म बढुवा गर्न मिल्दैन । उच्च स्रोतका अनुसार गृहमन्त्री शर्माले आज (मंगलबार) श्रीलंका प्रस्थान गर्नुअघि नै ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने तयारी गरेका थिए । तर, बढुवाका आकांक्षी १९ जना डीआईजीहरुमध्ये अधिकांशले विभिन्न शक्तिकेन्द्रमार्फत दबाब दिएपछि बढुवा प्रक्रिया अवरुद्ध भएको हो । स्रोतका अनुसार गृहमन्त्री शर्मा आगामी शुक्रबार स्वदेश फर्केलगत्तै बढुवाको प्रक्रिया अगाडि बढाउने अनुमान गरिएको छ ।
लामो समयको रस्साकस्सीपछि सरकारले नेपाल प्रहरीको उच्च तहमा रिक्त पदपूर्ति गर्ने तयारी गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस अगाडि कायम ३ एआईजीको दरबन्दीलाई बढाएर ११ कायम गरेसँगै गृह मन्त्रालयले एआईजी र डीआईजी पदमा बढुवाको प्रक्रिया अगाडि बढाएको हो ।

प्रक्रियाअनुसार सोमबार अपराह्न गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल र लोकसेवा आयोगका आयुक्त वृन्दा हाडा सम्मिलित पदपूर्ति समितिको बैठकले खाली पदमा बढुवा गरेर पदपूर्ति गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार गृह मन्त्रालयले गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बढुवा समिति गठन गरेर एआईजी बढुवाको प्रक्रिया अगाडि बढाएको छ । सोमबार गठित ३ सदस्यीय बढुवा समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिव र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल सदस्यसचिव छन् ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...