मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउँदै नेपाल विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाली यु–२३ टोलीले बंगलादेशको यु–२३ टोलीलाई १-० गोलले हराएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई १–० ले पराजित गरेको हो । खेलको २० औं मिनेटमा कप्तान बिमल घर्ती मगरको प्रहारले जाली चुमेपछि नेपाल मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भयो ।

अन्जन बिष्टको पासलाई बिमलले पोष्टको दिशा दिएका थिए । खेलको अन्तिम समयमा बिश्वास श्रेष्ठ वन भर्सेज वनमा गोल गर्न चुकेपछि नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो । नेपालले आजको खेललाई च्याम्पियनसीप छनोटको तयारीका रुपमा लिएको थियो ।

राष्ट्रिय टिमको अनुभव बटुलिसकेका १० खेलाडि सहभागी अण्डर २३ टोलीले युएई उड्नु अघि बंगलादेशस“ग मैत्रीपूर्ण खेल खेलेको हो । जुलाई १५ देखि १९ सम्म युएईमा हुने एफसी अण्डर २३ च्याम्पियनसिप छनोटमा नेपालले घरेलु टोली सहित उज्वेकिस्तान र लेवनानसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...