मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउँदै नेपाल विजयी



काठमाण्डौं । एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाली यु–२३ टोलीले बंगलादेशको यु–२३ टोलीलाई १-० गोलले हराएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई १–० ले पराजित गरेको हो । खेलको २० औं मिनेटमा कप्तान बिमल घर्ती मगरको प्रहारले जाली चुमेपछि नेपाल मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भयो ।

अन्जन बिष्टको पासलाई बिमलले पोष्टको दिशा दिएका थिए । खेलको अन्तिम समयमा बिश्वास श्रेष्ठ वन भर्सेज वनमा गोल गर्न चुकेपछि नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो । नेपालले आजको खेललाई च्याम्पियनसीप छनोटको तयारीका रुपमा लिएको थियो ।

राष्ट्रिय टिमको अनुभव बटुलिसकेका १० खेलाडि सहभागी अण्डर २३ टोलीले युएई उड्नु अघि बंगलादेशस“ग मैत्रीपूर्ण खेल खेलेको हो । जुलाई १५ देखि १९ सम्म युएईमा हुने एफसी अण्डर २३ च्याम्पियनसिप छनोटमा नेपालले घरेलु टोली सहित उज्वेकिस्तान र लेवनानसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन