लभ गर्ने भरपर्दो ठाँउको खोजीमा हुनुहुन्छ? यदी त्यसो हो भने अब तपाइलाई सरकारले कोठा उपधब्ध गराउछ



हाम्रो इकोनोमि

अंगालो मारेर धित मरुन्जेल कुरा गर्न, एक अर्काको मुटु साट्न,प्रेमिल कुरा गरेर तरंगीत हुन् न त अब कुनाकन्दरा खोज्नु पर्यो न जंगल तिरै धाउनु पर्यो न त कसैले थाहा पाउला कि भनेर सम्साझै रिसोर्ट तिर टाप कस्नु पर्यो। यी सबै लुकिछिपी काम गर्ने दिन सकिए।अब सरकारले नै सबैको मर्का र चाहना बुझेर सबै उमेर समुहका लाई मिल्ने गरी मन लागेका बेला जेसुकै गर्न मिल्ने सरकारी घर उपलब्ध गराउने भएको छ। सरकारले उपलब्ध गराउने घरको कोठा भाडामा लिएर लभ गर्न सकिने छ ।

१ घण्टाका लागी पाइने उक्त कोठामा प्रहरीले खानतलाश गर्न पाउदैन,जे जे गरे पनि छाती फुलाएर गर्न पाइन्छ। यति पढी सके पछि तपाइलाई लाग्ला कहाँ रैछ त्यस्तो ठाउँ तुरुन्तै जानुपर्यो। तर तपाइले भन्ने बित्तिकै त्यो सम्भब छैन यो ब्यबस्था नेपालमा नभई क्यूवाको राजधानी हवानामा मात्र छ।क्यूवाको राजधानी हवानामा सरकारले लभ रुम निर्माण गरिसकेको छ । १९९० को आर्थिक संकटका बेलामा समुद्री आँधीबाट जनतालाई बचाउन आश्रय गृह बनाइएका भवनहरु समेत धमाधम होटल लभमा परिणत गरिएका छन् ।
पोसारस अर्थाात लभ रुम । असाध्यै सस्तोमा उपलव्ध गराइने र जो कसैले उपयोग गर्न सक्ने भएपछि क्यूव अमेरिकी, युरोपियन देशहरुभन्दा पनि खुला हुनपुगेको छ । बीबीसीका अनुसार क्यूवा प्रेमालापमय हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...