सेयर बजारमा हरियाली, झण्डै एक अर्बको कारोबार



काठमाण्डौं । मंगलबार सेयर बजारको परिसूचक ९. ७९ अंकले बढेर नेप्से परिसूचक १५८५ अंकमा कायम भएको छ।

यस दिन सबै समूहहरु बढेका छन् भने कारोबार झण्डै १ अर्ब पुगेको छ। १४९ कम्पनीको ९९ करोड ६३ लाखको सेयर खरिदबिक्री भएको छ।

बिमा समूह ६०, बैंकिङ ७, होटल ३५, विकास बैंक १३, जलविद्युत १५, फाइनान्स ७ र अन्य समूह २ अंकले बढेका छन्। उत्पादन समूह भने १ अंकमुनि हरियो रह्यो।

नविल बैंकको संस्थापकतर्फको उच्च कारोबार हुँदा समग्र कारोबार बढेको हो। २४ करोड ६१ लाख रुपैयाँको सो कम्पनीको सेयर कारोबार भयो। त्यस्तै नेपाल नेसनल लाइफ इन्स्योरेन्स संस्थापकर्ताको ९ करोड ७५ लाखको कारोबार भयो।

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ९४ लाख तथा नेपाल लाइफको ४ करोड ८९ लाखको सेयर किनबेच भयो। फरवार्ड माइक्रोफाइनान्स र कुबेर मर्चेन्ट एण्ड बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै साढे ९ प्रतिशत बढी कमाए। नेसनल लाइफ इन्स्योरेन्स संस्थापक लगानीकर्ताले ९ प्रतिशत मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले