सेयर बजारमा हरियाली, झण्डै एक अर्बको कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं । मंगलबार सेयर बजारको परिसूचक ९. ७९ अंकले बढेर नेप्से परिसूचक १५८५ अंकमा कायम भएको छ।

यस दिन सबै समूहहरु बढेका छन् भने कारोबार झण्डै १ अर्ब पुगेको छ। १४९ कम्पनीको ९९ करोड ६३ लाखको सेयर खरिदबिक्री भएको छ।

बिमा समूह ६०, बैंकिङ ७, होटल ३५, विकास बैंक १३, जलविद्युत १५, फाइनान्स ७ र अन्य समूह २ अंकले बढेका छन्। उत्पादन समूह भने १ अंकमुनि हरियो रह्यो।

नविल बैंकको संस्थापकतर्फको उच्च कारोबार हुँदा समग्र कारोबार बढेको हो। २४ करोड ६१ लाख रुपैयाँको सो कम्पनीको सेयर कारोबार भयो। त्यस्तै नेपाल नेसनल लाइफ इन्स्योरेन्स संस्थापकर्ताको ९ करोड ७५ लाखको कारोबार भयो।

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ९४ लाख तथा नेपाल लाइफको ४ करोड ८९ लाखको सेयर किनबेच भयो। फरवार्ड माइक्रोफाइनान्स र कुबेर मर्चेन्ट एण्ड बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै साढे ९ प्रतिशत बढी कमाए। नेसनल लाइफ इन्स्योरेन्स संस्थापक लगानीकर्ताले ९ प्रतिशत मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...