महानगरपालिकालाई धुलो र हिलोबाट मुक्त गराइने



हाम्रो इकोनोमि

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख भीम पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यहाँ आज मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै उहाँले एक सय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउनका लागि ठोस कार्य गरिने बताउनुभयो । विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनका लागि ठोस भूमिका निर्वाह गरिने र महानगरमा मातृभाषाको पाठ्यक्रम समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो ।

सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई शान्त र हराभरा तथा भयमुक्त महानगरका रुपमा विकसित गरिने बताउँदै अन्यायमा परेका महिलालाई न्यायका लागि अन्यत्र कतै जानु नपर्ने अवस्था ल्याइने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख कार्की र वडाका अध्यक्षले पनि शपथ लिनुभएको थियो ।

सो अवसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले विराटनगरको विकासमा सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद पुष्कर आचार्य, प्रजिअ यज्ञराज कोइराला र महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले विकासनिर्माणका कामलाई तीव्रता दिनुपर्ने औंँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...