महानगरपालिकालाई धुलो र हिलोबाट मुक्त गराइने



हाम्रो इकोनोमि

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख भीम पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यहाँ आज मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै उहाँले एक सय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउनका लागि ठोस कार्य गरिने बताउनुभयो । विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनका लागि ठोस भूमिका निर्वाह गरिने र महानगरमा मातृभाषाको पाठ्यक्रम समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो ।

सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई शान्त र हराभरा तथा भयमुक्त महानगरका रुपमा विकसित गरिने बताउँदै अन्यायमा परेका महिलालाई न्यायका लागि अन्यत्र कतै जानु नपर्ने अवस्था ल्याइने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख कार्की र वडाका अध्यक्षले पनि शपथ लिनुभएको थियो ।

सो अवसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले विराटनगरको विकासमा सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद पुष्कर आचार्य, प्रजिअ यज्ञराज कोइराला र महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले विकासनिर्माणका कामलाई तीव्रता दिनुपर्ने औंँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...