सांसद गुरुङद्वारा बाढीपीडितलाई राहत वितरण



हाम्रो इकोनोमि

राजविराज । नेपाली काँग्रेसका नेता एवम् सांसद धनराज गुरुङले सप्तरीमा एक हप्ता अगाडि विभिन्न खोलामा आएको बाढीबाट पीडितका लागि आफ्नो एक महिनाको तलबबाट राहत वितरण गर्नुभएको छ ।

जिल्लाको मोहुली खोलामा आएको बाढीबाट प्रभावित मैनाकडेरी, भेडिया र रघुनाथपुरका एक सय १० परिवारलाई उहाँले एक थानका दरले सुपरनेट झुल बाँड्नुभएको हो । बाढीबाट प्रभावित क्षेत्रका बस्ती तथा कटानको अवलोकन गर्दै तिरुहुत गाउँपालिकाको भेडियामा मोहुली खोलाले भत्काएको बाँध पुनःनिर्माणमा जुटेका नेपाली सेना र सशस्त्र प्रहरीको कामको निरीक्षणसमेत उहाँले गर्नुभयो ।

यस्तै नेपाल सशस्त्र प्रहरी परिवार महिला सङ्घ काठमाडाँैले सप्तरीको मेनाकडेरीमा स्वास्थ्य शिविरकोे आयोजना गरेको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प मैनाकडेरीमा आयोजित सो शिविरमा करिब पाँच सय बाढीपिडित महिला, पुरुष र बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा डा रोशनकुमार झा, डा दीपेन्द्र तिमल्सिनालगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गर्दै निःशुल्क औषधिसमेत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...