सांसद गुरुङद्वारा बाढीपीडितलाई राहत वितरण



हाम्रो इकोनोमि

राजविराज । नेपाली काँग्रेसका नेता एवम् सांसद धनराज गुरुङले सप्तरीमा एक हप्ता अगाडि विभिन्न खोलामा आएको बाढीबाट पीडितका लागि आफ्नो एक महिनाको तलबबाट राहत वितरण गर्नुभएको छ ।

जिल्लाको मोहुली खोलामा आएको बाढीबाट प्रभावित मैनाकडेरी, भेडिया र रघुनाथपुरका एक सय १० परिवारलाई उहाँले एक थानका दरले सुपरनेट झुल बाँड्नुभएको हो । बाढीबाट प्रभावित क्षेत्रका बस्ती तथा कटानको अवलोकन गर्दै तिरुहुत गाउँपालिकाको भेडियामा मोहुली खोलाले भत्काएको बाँध पुनःनिर्माणमा जुटेका नेपाली सेना र सशस्त्र प्रहरीको कामको निरीक्षणसमेत उहाँले गर्नुभयो ।

यस्तै नेपाल सशस्त्र प्रहरी परिवार महिला सङ्घ काठमाडाँैले सप्तरीको मेनाकडेरीमा स्वास्थ्य शिविरकोे आयोजना गरेको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प मैनाकडेरीमा आयोजित सो शिविरमा करिब पाँच सय बाढीपिडित महिला, पुरुष र बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा डा रोशनकुमार झा, डा दीपेन्द्र तिमल्सिनालगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गर्दै निःशुल्क औषधिसमेत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...