बाइस लाख नयाँ निक्षेप खाता थपिए



हाम्रो इकोनोमि

काठमाडौँ । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म निक्षेप खाता संख्या एक करोड ६६ लाख रहेकामा २०७३ चैत मसान्तसम्म निक्षेप खाता सङ्ख्या एक करोड ८८ लाख पुगेको छ ।

सरकारले चालु आवको बजेट वक्तव्यमा एक व्यक्ति एक खाताको नीति अगाडि सारेको थियो । सो नीति आगामी आवमा पनि निरन्तर रहनेछ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आव २०७४-७५ को मौद्रिक नीतिअनुसार प्रत्येक वर्ष निक्षेप खाता खोल्नेको संख्यामा बढोत्तरी भएको उल्लेख छ ।

बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म कर्जा संख्या १० लाख ९५ हजार रहेकामा गत चैतसम्म सो संख्या ११ लाख ८३ हजार पुगेको छ । सरल र सहज बैङ्किङ प्रणालीको साधानका रुपमा लिइने एटिएम मेसिनको संख्या पनि बढ्दै गएको छ । गत आवमा एक हजार ८५९ एटिएम रहेकामा यस वर्ष एटिएम सङ्ख्या दुई हजार ४७ पुगेको छ ।

यसैगरी मोबाइल बैङ्किङका ग्राहकको संख्या २४ लाख २७ हजार पुगेको छ । इन्टरनेट बैङ्किङका ग्राहकको संख्या सात लाख ३५ हजार, जारी भएका बिट कार्डको संख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको संख्या ६४ हजार पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत गर्ने नीतिअनुसार २०७३ जेठ मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैङ्क २९ रहेकामा यस वर्ष २८ वटामा सीमित रहेको छ । ‘ख’ वर्गका विकास बैङ्क ६८ रहेकामा यस वर्ष २४ ले घटेर ४४ वटा कायम भएका छन् । ‘ग’ वर्गका वित्त कम्पनी ४४ रहेकामा १३ ले घटेर ३० र ‘घ’ वर्गका लघुवित्त संस्था ४१ रहेकामा १० वटाले बढेर यस वर्ष ५१ पुगेका छन् । गत वर्ष बैङ्क तथा वित्तीय संस्थाको कुल संख्या १८२ रहेकामा यस वर्ष घटेर १५३ वटा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार २०७३ जेठमा बैङ्क तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब छ हजार ६४७ जनसंख्याले सेवा प्राप्त गरेकामा यस वर्ष एक शाखाबाट पाँच हजार ८०९ जनाले सेवा प्राप्त गरेका छन् । विसं २०७२ जेठमा जनसंख्या र बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाको औसत अनुपात सात हजार २३२ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...