मस्र्याङ्दीको बजेट ३८ करोड ४२ लाख



हाम्रो इकोनोमि

बेँसीशहर (लमजुङ) । मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४-७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गर्नुभएको उक्त बजेटमा गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु १७ करोड ५७ लाख ३८ हजार, सशर्त अनुदानमा रु ११ करोड ८४ लाख चार हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समनीकरण अनुदान रु १८ लाख १२ हजार र आन्तरिक आयतर्फ कर, सेवा शुल्क र दस्तुरसमेतबाट रु १५ लाख उल्लेख छ ।

यस्तै सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ९० लाख ३२ हजार, रजिष्ट्रेशन शुल्क बाँडफाँडबाट रु १० लाख, राजस्व बाँडफाँडबाट प्राप्त रु २० लाख आय अनुमान गरिएको छ ।

गाउँ सभाबाट चालू खर्चतर्फ गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु चार करोड ७६ लाख, आन्तरिक आयबाट रु २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ९० लाख ३२ हजार र सशर्त अनुदानतर्फ रु १० करोड चार लाख ७० हजार व्यय अनुमान गरिएको छ ।

यसैगरी पूँजीगत खर्चतर्फ गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु १३ करोड ४७ लाख ५० हजार, आन्तरिक आयबाट रु २५ लाख र सशर्त अनुदानतर्फ रु एक करोड ७९ लाख ३४ हजार अनुमान गरिएको छ ।

ग्रामीण सडकमा सास्ती

निरन्तर वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा यात्रुले सास्ती पाएका छन् ।

सदरमुकामसम्मको मुख्य सडक नै वर्षाका कारण जीर्ण बनेको छ । सडकको खाल्डाखुल्डीले होचा सवारी ठोक्किदा नोक्सानी भएको सवारीचालक बताउँछन् ।

“मुख्य सडकका खाल्डाखुल्डीमा गाडी जोगाउन मुस्किल छ”, बँेसीशहरका राजकुमार पाण्डेले भन्नुभयो – “कालोपत्रे सडक भनेर के भन्नु, यस्तो बिजोग सडक त कहीँ पनि नहोला ।”

सदरमुकामबाट जिल्लाको पूर्व, पश्चिम र उत्तरतर्फ पुग्ने सडक झन जोखिमपूर्ण रहेका छन् । उत्तरतर्फ बेँसीशहरकै पुमा खोलामा आएको बाढीले कल्भर्ट बगाइसकेको छ । उत्तरी लमजुङतर्फ जाने सडकमा बेलौती बिसौनी र ताघ्रिङको पहिरोले पनि दैनिक दुःख दिने गरेको छ । छिनछिनमै झर्ने पहिरोले कतिबेला सडक बन्द हुने भन्ने पिरले यात्रुलाई तर्साइरहेको छ ।

सवारी नपाउँदा गाउँमा सामान ढुवानी गर्न पनि कठिनाइ भएको छ । दैनिक बेँसीशहरमा आवतजावत गर्नेहरु पनि आफ्नो गाउँ फर्किन नसक्दा एक रात बेँसीशहरमै बिताउने गरेका छन् । जिल्लाको तार्कुघाटदेखि धमिलीकुवा हुँदै बोराङ खोला, बेँसीशहरबाट घलेगाउँ हुँदै भुजुड पुग्ने सडक, बँेसीशहरबाटै काउलेपानी हुँदै नाल्मा सडक, करापुटार साल्मेभञ्ज्याड सडकमा वर्षाका कारण समस्या भएको हो ।

यस्तै गौँडा इलमपोखरी विचौर हुँदै दूधपोखरी पुग्ने सडक, अर्चलबोट गौँडा सडक, रिठ्ठेबगर तिवारीडाँडा हुँदै हिलेबेँसी पुग्ने सडक, कुन्छा परेवाडाँडा धिताल चौतारा सडक, भोर्लेटार बाँग्रे हुँदै नेटा सडक र खत्रेठाँटी दुईपिप्ले सडक जीर्ण बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...