बाढीले २७७ घर जोखिममा



हाम्रो इकोनोमि

बनियानी (झापा) । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् ।

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ ।

खोला बस्तीमा पस्ने सम्भावना बढेसँगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । सो स्थानको निरीक्षणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
त्यस्तै मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुुर नगरपालिका–३ स्थित भैँसाबाडीका १२५ घर जोखिममा छन् भने मेचीनगर १५ हेल्दुबारीमा निन्दा नदीले जमीन कटान गर्दा स्थानीयवासी दलबहादुर गुरुङलगायतका दुई घर जोखिममा रहेको रेडक्रसले जनाएको छ ।

यसैबीच यही असार २४ गते हडिया खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका एक बालकको शव मेची नदीको किनारमा सोमबार फेला परेको छ । मेचीनगर–१५ का नरबहादुर लिम्बूका १२ वर्षीय छोरा निशानको शव दुई दिनपछि फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...