राताम्मे भयो सेयर बजार, ६९ करोड ३५ लाखको कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ । सोमबार नेप्से सूचक ८.९३ अंकले तल झरेर १५७५.२२ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.५६ प्रतिशतले तल झरेको हो । सूचक झर्दा पनि कारोबार रकम भने उत्साहप्रद नै छ ।

कुल १५० कम्पनीको ६९ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कुल २८ लाख ६५ हजार ९२ कित्ता सेयर कारोबार भएको छ । उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् ।

उत्पादनमूलकमा भने ५५.७५ अंकको वृद्धि देखिएको छ । उता, सबैभन्दा धेरै बिमा सूचक भने ५९.६३ अंकले घटेको छ । यसैगरी, वाणिज्य बैंक समूहको सूचक पनि ८.७५ अंकले ओरालो लागेको छ ।

कारोबार रकममा सोल्टी होटेलले अग्रता लिएको छ । यो कम्पनीको ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र सेन्चुरी कमर्सियल बैंक परेका छन् । सेन्चुरीको मंगलबार बुक क्लोज भएकाले ४० प्रतिशत हकप्रद सुरक्षित गर्न पनि सेयर कारोबार बढेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...