पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्ड सजायको स्वागत किन गरियो ?



हाम्रो इकोनोमि

कोलम्बो। श्रीलङ्काका एकजना पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्डको सजायको श्रीलंका पत्रकारहरुले स्वागत गरेका छन् ।

श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्यामा संलग्न एक व्यक्तिलाई हालै मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका सोमबार कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ । तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन ।

हत्यारा पत्ता लागेपनि उनीहरुमाथि कारबाही नहुदा पत्रकारमाथि हुने हत्या हिंसामा झन बृद्धि हुने गरेको पत्रकारहरुको भनाई थियो ।

यस्तो अवस्था रहेकोमा यो पछिल्लो कारबाहीले देशमा दण्डहीनताको अवस्थामा केही कमी आउने अपेक्षा गरिएको पत्रकारले जनाएका छन् ।

सन् २०१४ को फेब्रुअरी २ मा कोलम्बोमा रहेको आफ्नै घरमा स्थानीय ‘सण्डे टाइम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत ४० वर्षीय मेलिसि मेलको हत्यामा संलग्नलाई यहाँको उच्च अदालतले गतहप्तामात्र मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनका हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...