पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्ड सजायको स्वागत किन गरियो ?



हाम्रो इकोनोमि

कोलम्बो। श्रीलङ्काका एकजना पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्डको सजायको श्रीलंका पत्रकारहरुले स्वागत गरेका छन् ।

श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्यामा संलग्न एक व्यक्तिलाई हालै मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका सोमबार कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ । तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन ।

हत्यारा पत्ता लागेपनि उनीहरुमाथि कारबाही नहुदा पत्रकारमाथि हुने हत्या हिंसामा झन बृद्धि हुने गरेको पत्रकारहरुको भनाई थियो ।

यस्तो अवस्था रहेकोमा यो पछिल्लो कारबाहीले देशमा दण्डहीनताको अवस्थामा केही कमी आउने अपेक्षा गरिएको पत्रकारले जनाएका छन् ।

सन् २०१४ को फेब्रुअरी २ मा कोलम्बोमा रहेको आफ्नै घरमा स्थानीय ‘सण्डे टाइम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत ४० वर्षीय मेलिसि मेलको हत्यामा संलग्नलाई यहाँको उच्च अदालतले गतहप्तामात्र मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनका हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...