नायक बन्ने सपना बोकेका रुपेश



हाम्रो इकोनोमि

काठमाण्डौं । सप्तरी राजबिराजमा जन्मिएका रुपेश झाको धोको अरु केही नभएर नायक बन्ने रहेको खुलासा गरेका छन् । सानैदेखि अभिनयमा रुचि भएका झाले डिल्लीबाट ब्याचलर पुरा गरिसकेका छन् ।

पढाई डिल्लीबाट गरेका उनी आफ्नो जन्मभुमि नेपालबाट नै अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेका छन् । उनी अहिले काठमाण्डौंमा रहि अनवरत रुपमा लागिरहेका छन् । बेरी जोन एक्टिङ स्टुडियोमा अभिनय प्रशिक्षण लिँदै आईरहेका उनी अभिनयबाट नै आफुलाई सबैसामु चिनाउने सोच रहेको बताउँछन् ।

आफ्नो खुसि र रहर पुरा गर्नको लागि अभिनय क्षेत्रमा आफ्नो भविष्य देखेका रुपेश अभिनयमा मात्र नभएर लेखनमा पनि उत्तिकै रुचि राख्छन् । उनले १४–१५ वटा गित पनि लेखिसकेका छन् ।

५ फिट ९ इन्च हाईट भएका उनको सुन्दर ज्यानले सबैलाई आकर्षित पार्छ । उनले चलचित्रमा काम गरेर स्टार बन्ने सपना देखेका छन् । एउटा कलाकारमा हुनुपर्ने गुण आफूमा भएको र आत्मविश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...