खोलाले जिप बगाउँदा चारजना बेपत्ता



रामपुर (पाल्पा) । खोलाले जिप बगाउँदा पाल्पामा चारजना बेपत्ता भएका छन् ।

माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २ः३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा, उहाँकी श्रीमती ३५ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदम कुँवर र जिप चालककी श्रीमती तानसेन नगरपालिकाका करिब २८ वर्षीया उषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिनुभयो ।

जिप चालक शक्ति बस्नेतको सकुशल उद्धार गरिएको छ भने बेपत्ता यात्रु र जिपको खोजी कार्य जारी छ । खोलामा पानीको बहाव बढेपछि उद्धार कार्यमा समस्या परेको प्रहरी जनाएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रु मारमा

लगातारको वर्षाका कारण पहिरो जाँदा पाल्पाका विभिन्न सडकहरु अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् । सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम तानसेनबाट रामपुरका लागि छुट्ने गाडीहरु गन्तव्यमा पुग्न सकिरहेका छैनन् ।

रामपुरबाट सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँलगायतका स्थानमा छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । एक हप्तादेखि परेको वर्षाले जिल्ला सदरमुकाम तानसेन जोड्ने रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत सानो गल्धाको बैछापमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको हो ।

सो बाटो भएर गुड्ने सवारीसाधन नचल्दा यात्रुहरु बीचबाटोमै अलपत्रमा परेका छन् । यहाँ डोजर लगाएर पहिरो पन्छाउने काम भए पनि पुनः बेलाबेलामा पहिरो खस्दा निकै समस्या उत्पन्न भएको छ ।

यस्तै रामपुरदेखि छुट्ने ग्रामीण सडकमा पनि एक हप्तादेखि नै सवारीसाधन चल्न सकेका छैनन् । रामपुरदेखि मित्याल, झिरुवास, गल्धा, अर्चले, हुँगी, गेझा, पूर्वी पाल्पाको बाकामलाङ, सहलकोटलगायत स्थानमा छुट्ने सवारीसाधन चल्न सकेका छैनन् । ग्रामीण सडकहरु अवरुद्ध भई सवारीसाधन नचल्दा यस क्षेत्रका जनता मर्कामा परेको बाकामलाङका चेतन पुलामी बताउनुहुन्छ । सवारीसाधन चल्न नसक्दा दैनिक उपभोग्य वस्तु गाउँमा निर्यात नभएपछि सर्वसाधारणको जीवन गुजारा गर्न समस्या थपिएको उहाँले बताउनुभयो ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुर बजारमा खाद्यान्नलगायतका अति आवश्यक सामग्री ओसारपसार गर्न नपाउँदा यहाँका जनता मारमा परेका हुन् । कच्ची बाटो अवरुद्ध हुँदा सुत्केरी बिरामीलाई अस्पतालसम्म पु¥याउन निकै समस्या परेको छ । एम्बुलेन्ससमेत चल्न नसक्दा पूर्वी पाल्पाका जनतालाई ठूलो सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र