सप्तरीका बाढीपीडितलाई रु २५ हजार राहत



हाम्रो इकोनोमि

काठमाडौँ । सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो ।

सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवम् विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई रु २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरुको बसोबासको व्यवस्था गर्न रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा गर्नुभएको थियो ।

दुई हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएको बाढीले त्यहाँको बाँध भत्काउनुका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेका थिए ।

सो बाढीबाट कञ्चनरूप नगरपालिका तथा तिरहुत, रूपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाकालगायत दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको थियो । बाढीबाट त्यहाँका करिब एक हजार ५०० भन्दा बढी घर डुबानमा परेका थिए ।

यसैगरी मन्त्रिपरिषद्ले बैठकले सप्तरीका बाढपीडितको बसोबासको व्यवस्था गर्न रु १५ लाख सहुलियत ऋण दिने पनि निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभाको सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका–संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो । भट्टराईले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...