प्रचण्ड भन्दा शेरबहादुर जाली, मन्त्री चुन्न नसक्दा सिंहदरबार खाली



हाम्रो इकोनोमि

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल गठन गर्न नसक्दा मूलुककै मुख्य प्रशासनिक निकाय सिंहदरबार यतिखेर अभिभावक नभएको वालवालिका जस्तो टुहुरो भएको छ ।

एक महिना अघिदेखि नै मन्त्री विहिन मन्त्रालय अहिले सचिव पनि विदेश भ्रमणमा गएपछि टुहुरो बन्न बाध्य भएको हो । यसरी विभागीय मन्त्री पनि नहुने, भएको कर्मचारीहरु पनि विदेश भ्रमणमा रहेपछि जनताका कामहरु सुकाएको घाममा विष्कुनझै भएको छ ।

अहिले २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिएको छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ । असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सकाउनको लागि उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् ।

विभिन्न अध्ययनको बहानामा उच्चपदस्थ सरकारी कर्मचारीहरू विदेश जान्छन् । कर्मचारीहरूले विदेश भ्रमणमा जाँदा दैनिक डेढ सयदेखि तीन सय ५० डलरसम्म भत्ता पाउने गर्छन् । युरोपियन देशहरूमा जाँदा सो रकममा ३३ प्रतिशत थप हुने गरेको छ । एनजिओ–आइएनजिओको खर्चमा जाने कर्मचारीले भने अझै बढी रकम पाउने गरेका छन् । यसरी कर्मचारीहरु विदेश गएपछि त्यहाँ गर्नुपर्ने कामहरु पेन्डिङमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...